BETA
VERSION

समझदारी पत्रमा हस्ताक्षर

समझदारी पत्रमा हस्ताक्षर

राजधानी दैनिक

काठमाडौं÷रास– लगानी बोर्ड र काठमाडौं विश्वविद्यालयबिच ऊर्जालगायत पूर्वाधार विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रशिक्षार्थी आदान–प्रदानका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।समझदारीअनुसार विश्वविद्यालयले लगानी बोर्डअन्तर्गतका विभिन्न परियोजनाका लागि प्रशिक्षार्थी विद्यार्थी उपलब्ध गराउनेछ । परियोजना रहेका जिल्लाका युवालाई व्यावसायिक तालिम दिने विषयमा पनि सहमति भएको छ । विश्वविद्यालयले अनुसन्धानका लागि बोर्डलाई जनशक्ति उपलब्ध गराउने भएको छ । बोर्डले विद्यार्थीलाई परियोजनामा प्रशिक्षार्थीका रूपमा अध्ययन÷अनुसन्धानलाई सघाउनेछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले समझदारी पत्रमा हस्ताक्षरले स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । ‘विद्यार्थीलाई स्थलगत अध्ययन र तालिमको अवसर दिँदा दक्ष जनशक्तिको विकासमा सघाउ पुग्नेछ,’ उनले भने । 

http://www.rajdhani.com.np/article/0218909001439348920