नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालय
अनुभव सम्बन्धी विवरण तथा कागजात पेश गर्ने सम्बन्धी सूचना
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१/०४/२८ गते प्रकासित सूचना वमोजिम निवेदन पेस गरेका उम्मेद्वारहरुले सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२(३) तथा सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ७(६)(ख) बमोजिमको आधार र अंक गणना गर्ने प्रयोजनका लागि यसैसाथ संलग्न उम्मेद्वारको अनुभव सम्बन्धी विवरण भरी सोको पुष्टि हुने कागजातहरुको प्रतिलिपी मिति २०८१ भदौ १७ गते कार्यालय समयभित्र अनिवार्य रुपमा पेश गर्नुहुन अनुरोध छ। तोकिएको समयावधिभित्र विवरण र कागजात पेश हुन नआएमा समितिले उम्मेदवारहरूको संक्षिप्त सूचीमा नाम समावेस नगरिने व्यहोरा समेत सिफारिस समितिको मिति २०८१/०५/१५ को निर्णयानुसार जानकारी गराइन्छ।