नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालय
उम्मेद्वारको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण सम्बन्धी सूचना
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ७ बमोजिम मिति २०८१/०५/१८ प्रकाशित सूचना बमोजिम सूचीकृत उम्मेद्वारको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण वि.सं. २०८१ साल भदौ २५ गते अपरान्ह ३:०० बजे देखि उम्मेदवारको सूचिकृत क्रमानुसार लगानी बोर्डको कार्यालय, नयाँबानेश्वरमा हुने भएकाले तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै निवेदन साथ पेश गरेका कागजातको सक्कल प्रति साथमा लिई उपस्थित हुनुहुन यो सूचना प्रकाशित गरिएको छ।
सि. नं. |
सूचीकृत उम्मेद्वारहरू नाम र ठेगाना |
१ |
विष्णु प्रसाद भट्टराई, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँची |
२ |
रघु राज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँ |
३ |
सुशील ज्ञवाली, ललितपुर महानगरपालिका वडा नं. २५, ललितपुर |
४ |
रामदेव यादव, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषा |
५ |
भिष्म राज ढुङ्गाना, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौ |