News and Media

Vacancy Notice

उम्मेद्‍वार सूचीकरण सम्बन्धी सूचना

Published Date : 2024-09-03

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय

 लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालय

उम्मेद्‍वार सूचीकरण सम्बन्धी सूचना

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१/०४/२८ गते प्रकासित सूचना वमोजिम निवेदन र मिति २०८१/०५/१५ गतेको सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्‍वारहरुमध्ये सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ७ बमोजिम सिफारिस समितिको मिति २०८१/०५/१८ को निर्णयानुसार देहाय वमोजिमका उम्मेद्‍वारहरूको नाम सूचीकृत गरिएको व्यहोरा जानकारी गराइन्छ। सूचीकृत उम्मेद्‍वारको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणको स्थान, मिति र समय पछि प्रकासित गरिनेछ।

 

सि. नं.

निवेदन दर्ता नं.

सूचीकृत उम्मेद्‍वारहरू नाम र ठेगाना

विष्णु प्रसाद भट्टराई, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँची

रघु राज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँ

सुशील ज्ञवाली, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुर

रामदेव यादव, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषा

भिष्म राज ढुङ्गाना, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौ