वि.सं:
नेपाल संवत: ११४६ चौलागा पारु - १६
नेपाल सरकार
लगानी बोर्डको कार्यालय
अनामनगर, काठमाडौँ
जरुरी सूचना !
(मिति २०८२/१२/२० गते शुक्रबार)
नेपाल सरकार लगानी बोर्डको कार्यालयमा मिति २०८२/१२/१९ गते देखि एकल विन्दु सेवा केन्द्र (OSSC) सम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्न “लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क” स्थापना गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदै तपसिल बमोजिमका मेल ठेगानामा लगानीकर्ता/विकासकर्ताद्वारा लगानी सम्बन्धी निवेदन/प्रस्ताव लगायत कागजात पेश गर्न एवम् जानकारी लिन तथा समस्या र गुनासो राख्न सकिने व्यहोरा अनुरोध छ।
साथै, उक्त मेल ठेगानामा प्राप्त हुन आएको निवेदन/कागजातको अवस्था तथा समस्या र गुनासो बारे सम्बन्धित लगानीकर्ता/विकासकर्तालाई सुसूचित गराउने व्यवस्था समेत मिलाइएको व्यहोरा अनुरोध छ।
तपसिलः
इमेलः ossc@ibn.gov.np
फोन नं: ०१-४५७५२९३