NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४

श्री सुशील ज्ञवाली

श्री सुशील ज्ञवाली

प्रमुख कार्यकारी अधिकृत

प्रमुख कार्यकारी अधिकृतको सन्देश

सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

लगानी बोर्ड नेपालमा हामी प्रत्येक लगानीलाई नेपालको भविष्यको लागि साझेदारीको रूपमा हेर्छौं । सार्वजनिक-निजी साझेदारी र लगानी ऐन २०१९ द्वारा निर्देशित बोर्डलाई ६ अर्ब रुपैयाँ भन्दा माथिका परियोजनाहरू र २०० मेगावाटभन्दा बढीका जलविद्युत उद्यमहरूलाई दक्षता, पारदर्शिता र जवाफदेहिताका साथ कार्यान्वयन गरिएको सुनिश्चित गर्दै सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

हाम्रो प्राथमिकता लगानीकर्ताहरूलाई परियोजनाको स्वीकृतिदेखि कार्यान्वयनसम्म स्पष्टता, आत्मविश्वास र निर्वाध सहजीकरण प्रदान गर्नु हो । नेपाल ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका अवसरहरूले भरिपूर्ण छ । यी अवसरहरूलाई प्रभावकारी र नतिजामुखी परिणाम हासिलका लागि तपाईँलाई सहयोग गर्न लगानी बोर्ड सदै तत्पर छ ।

दिगो र समृद्ध नेपाल निर्माणमा हामीसँग काम गर्न म सबै लगानीकर्ताहरू र साझेदारहरूलाई हार्दिक अनुरोध गर्दछु ।

 

प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त जीवनी

सुशील ज्ञवाली लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।  लगानी बोर्ड लगानीमैत्री वातावरण सिर्जना गरेर र स्वदेशी तथा विदेशी लगानी परिचालन गरेर आर्थिक विकासलाई प्रवर्द्धन गर्न समर्पित  नेपालको प्रमुख संस्था हो ।

यस अघि ज्ञवालीले नेपालको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण को प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्नुभएको थियो । प्राधिकरणा हुँदा उहाँले २०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माण, पुनर्स्थापनाका साथै जीवीकोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । भूकम्पपछिको नेपालको पुनर्निर्माणलाई विश्वमै सफल नमूनाका रुपमा हेर्ने गरिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हुनुअघि ज्ञवाली ६ वर्ष नगर विकास कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । कोषमा हुँदा उहाँले नगरपालिकाहरूलाई वित्तीय र प्राविधिक सहयोग बढाउन, देशभर पूर्वाधार विकासलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

संविधानसभाबाट संविधान निर्माणको क्रममा संघीय संरचनाहरु अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड लगायतमा विशेषज्ञ योगदान पुर्याउनु भएका ज्ञवाली नेपाल नगरपालिका संघको कार्यकारी सचिवको रूपमा पनि काम गर्नु भएको थियो ।

स्थानीय शासन, योजना, शहरी विकास र पूर्वाधार लगायतका क्षेत्रमा तीन दशक बढीको अनुभव हासिल गर्नु भएका ज्ञवाली विकास तथा पूर्वाधार विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट शहरी योजनामा ​​स्नातकोत्तर तह हासिल गर्नुभएको छ ।